माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित


२० माघ २०७९, शुक्रबार
mao

काठमाठौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (शुक्रबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा पार्टीको आन्तरिक गतिविधि, सरकार सञ्चालनमा पार्टीको भूमिका, पार्टीका नेताको जिम्मेवारी हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको थियो।

बिहीबार पनि स्थायी कमिटी बैठक बसेको थियो । तर, वैठकमा गृहमन्त्रीको विषयमा छलफल भएपछि आजसम्मका लागि रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७