आन्तरिक उडानमा नेपाल एयरलाइन्सले शुरु गर्‍यो अनलाइन टिकट प्रणाली


२० माघ २०७९, शुक्रबार
Nepal Airlines plane
फाइल फोटो

जुम्ला । नेपाल एयरलाइन्सको नेपालगञ्जदेखि दुर्गमका जिल्लामा उडान हुने जहाजमा अनलाइन टिकट प्रणाली शुरु गरेको छ । नेपालगञ्जबाट उडान हुने जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

karnali 8udJHQiClo

दुर्गममा जहाजको टिकट शक्ति र पावरको आधारमा मात्रै वितरण हुने र सर्वसाधारणलाई जहिले पनि टिकट लिन सास्ती हुने भएकाले ई–टिकट प्रणाली गरिएको उनको भनाइ छ । माघ १९ गतेबाट नेपाल एयरलाइन्सको कर्णालीका सबै जिल्लामा ई–टिकट प्रणाली लागु भएको उनले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटमा नागरिकले सास्ती भोग्नु परेको अवस्थाले तत्काल ई–टिकट लागु गरिएको भएको बताएका छन् । हवाई र यातायातको समस्याबारे निरन्तर आवाज उठाउँदै आएकी जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छिरिङ ल्यामु लामा तामाङले जुम्लासहित कर्णालीले समस्या भोग्नुपरेको समस्या भनेको जहाज र यातायातको रहेको बताए । नेपाल एयरलाइन्स जुम्लाका कर्मचारी डम्बर खत्रीले जिल्लामा पनि अनलाइन टिकट कार्यान्वयन भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७