नबिकेपछि किसानले सडकमा फ्याँके तरकारी


२० माघ २०७९, शुक्रबार
tarkari chitwan

चितवन । आफूले उत्पादन गरेको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा फ्याँकेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्।

आफूले हरेक दुःख झेलेर उत्पादन गरेका टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि किसानहरुले आज नारायणगढको पुल्चोकमा विरोधस्वरूप पोखेका हुन् ।

नारायणघाटको पुल्चोकमा तरकारी फालेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ । चितवनसहित देशैभर नेपाली किसानले उत्पादन गरेका तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आक्रोश पोखे ।

भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् । भरतपुर महानगर–१६ कि किसान धनु अधिकारीले भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाइ । आफूहरूको समस्यामा सरकार मुकदर्शक भएको बताउँदै तराकारी फालेर विरोध गरेको बताइन् । किसानले सडकमा तरकारी फालेपछि केहीबेर यातायात समेत अवरुद्ध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७