इथियोपियामा रोजगारीको प्रलोभन देखाएर भारत पुर्‍याइएका १२ नेपाली महिलाको उद्दार


२० माघ २०७९, शुक्रबार
mahila resque

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले १२ जना महिलाहरुलाई भारतबाट उद्दार गरेको छ ।
ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरुबाट मंसिर र पुष महिनामा भारत लगेर दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अव्स्थामा १२ जना महिलाहरुलाई उद्दार गरिएको जनाएको हो ।

महिलाहरु मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्दार गर्न ब्यूरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थीत शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरुको उद्दार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

नेपालबाट भारत लैजाने क्रममा जोगबनी, काँकडभिट्टा, जमुनाह, सुनौली लगायतका नाकाहरु प्रयोग हुने गरेको श्रेष्ठले जानकारी दिए । मानव बेचविखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुने सक्ने भन्दै उनीहरुको पहिचान गरी खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै ब्यूरोले नेपालबाट हराएकी एक बालिकाको पनि भारतबाट उद्दार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रीकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्दार गरिएको हो । मामाघर गएकी बालिकालाई बन्धक बनाई नयाँदिल्ली पुर्‍याउने ६ जनाको गिरोहलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७