मधेस प्रदेश : मन्त्रालय बाँडफाँटमा ‘लफडा’, शपथ ग्रहणमा ढिलाइ


२० माघ २०७९, शुक्रबार
thumb

जनकपुरधाम । मधेस प्रदेश सरकार गठन भएको तीन सातापछि आज (शुक्रबार) मन्त्रिमण्डल विस्तारको तयारी भइरहेको छ । आज मन्त्रिपरिषद विस्तार गर्दै शपथ ग्रहणका लागि तयारी गरिएको भए पनि साँझ ५ बजेसम्म शपथ ग्रहणस्थल सुनसान छ । सत्ता गठबन्धन दलमा मन्त्रालयको विषयमा अझै कुरा मिलिनसकेको स्रोतले जानकारी दिएको छ । मन्त्रालयको विषयमा गठबन्धन दलहरुबीच नै असन्तुष्टिको आवाज उठेको छ ।

सत्तारूढ दलहरू नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री यादवले आज (शुक्रबार) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । प्रदेश सरकारको सात वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । जसअनुसार जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्रिमण्डलमा सामेल गर्न लागिएको छ ।

त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी र शारदा थापा मन्त्री बन्न लागेका स्रोतको दाबी छ । जनमत पार्टीबाट संसदीय दलका नेता महेश यादव र माओवादी केन्द्रबाट भरतप्रसाद साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा परेको छ । गत पुस २९ गते तीन जना विना विभागिय मन्त्रीसहित मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री यादव तीन सातापछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका छन् । मन्त्रीहरूले आजै शपथ ग्रहण गर्न लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७