माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच वार्ता, सरकारलाई साथ दिन आग्रह


२० माघ २०७९, शुक्रबार
Madhav Nepal Narayankaji

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सत्तारुढ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा श्रेष्ठले वर्तमान सरकारलाई साथ दिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । संवादका क्रममा समाजवादीलाई सत्तामा ल्याउनेदेखि दुई दलबीचको एकताबारे पनि कुरा भएको स्रोतको दावी छ ।

खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादीसँग संवाद थाल्न नेताहरु खटाएका हुन् । यदि रवि नेतृत्वको रास्वपाले सरकार छाडेको खण्डमा त्यो ठाउँमा समाजवादीलाई भित्र्याउने तयारी प्रचण्डको छ ।

रास्वपा सरकारबाट बाहिरिए सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाएर भए पनि समाजवादीलाई भित्र्याउने रणनीतिमा प्रचण्ड छन् । सरकारलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी प्रतिपक्षको भूमिकामा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलमा समस्या देखिएको बताइरहँदा मन्त्री श्रेष्ठले समाजवादीका अध्यक्ष नेपाललाई भेटेका हुन् । यी दुई पार्टी एकता वा कार्यगत मोर्चा बनाउने विषयमा छलफल पनि जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७