२०७९ माघ २१ गते शनिबारको तपाईको राशिफल

पञ्चाङ्गः प्रीति गर पुनर्वसु , पशुपतिनाथको छाया दर्शन/विश्व क्यान्सर दिवस


२१ माघ २०७९, शनिबार
4585 Shares
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरेको कार्यमा बाधा आउनेछ । धूमपान र मद्यपानबाट टाढै रहनु होला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन्, तर मानसिक चिन्ता भने बढ्ने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा समस्या आउला अतः स्वास्थ्यप्रति सजग रहनु होला, साँझमा भने मन प्रसन्न ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला ।

jagdamba.cement
rbbbb

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । छटपटी बढ्नाले मन पनि कमजोर रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्ने छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
राजनीतिक क्षेत्रको काम अघि बढ्ने छ । नयाँ कार्यको योजनले गति पाउनेछ । शुभ कार्यको चर्चा चल्ने छ । परिकारहरू खान पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । पार्टनरसिपको कार्यमा सफलता मिल्ने छ । दैनिकी विस्तारै सहज होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । सामाजिक हितको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आँटेको कार्य अगाडि बढ्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा भने सफलता नमिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७