साफ यू–२० महिला च्याम्पियनसिप : पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित


२१ माघ २०७९, शनिबार
bangladesh nepal AoZfth81cX

काठमाडौँ । बंगलादेशमा शुरु भएको साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । आजै भएको पहिलो खेलमा भारतले भुटानलाई १२–० गोलको फराकिलो अन्तरले पाखा लगाएको थियो ।

च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्ने छ सोही दिनको अर्को खेलमा बंगलादेश र भारत भिड्ने छन् । चार टोली सहभागी च्याम्पियनसिपको शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७