एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


२१ माघ २०७९, शनिबार
Samajbadi sachibalaya
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज (शनिबार) बस्दै छ । कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा बैठक बिहान साढे १० बजेबाट शुरु हुने जनाइएको छ ।

बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । उनले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ । नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सरकारमा सहभागी हुन गरेको आग्रहका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

1231675474482

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७