त्रिभुवन विमानस्थलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराँती


२१ माघ २०७९, शनिबार
sudan

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको बताएका छन् । आज (शनिबार) बिहान विमानस्थलको अनुगमन गर्न पुगेका मन्त्री किराँतीले यस्तो गुनासो गरेका हुन् ।

उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रुपमा सुधार हुन नसकेको भन्दै अझै कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् । उनले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको बताए । उनले आजको अनुगमनमा ट्रलीमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिए ।

उनले भने, ‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रुपमा सुधार छैन । हिजो निर्देशन गरिएका कुराहरु सम्पूर्ण रुपमा पूरा गर्न र ट्रलीमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु । बाँकी जति पनि त्रुटि देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै सुधारका लागि निर्देशन गर्नेछु । सुधार गर्नुपर्ने धेरै कुरा छ ।’

मन्त्री किराँतीले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थिए । गएको माघको पहिलो हप्ता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७