सत्ता गठबन्धनले प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म थेग्न गाह्राे छ : माधव नेपाल


२१ माघ २०७९, शनिबार
samajbadi madhav

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिर समेत गरे । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो भन्दै प्रश्न समेत गरे ।

संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै नेता नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे । उनले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताए ।

‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौँ, खटपट सुरु भइसकेको छ । संसदको रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ’, उनले भने, राजतन्त्रको वकालत गरिएको छ । नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ । संविधानको उलंघन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन् भने त्यसले संकटको सन्देश दिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७