खल्तीबाट झिकेर कसैलाई राष्ट्रपति बनाउनु हुँदैन : कांग्रेस महामन्त्री थापा


२१ माघ २०७९, शनिबार
42 Shares
gagan thapa 3
फाइल फोटो

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैलाई खल्तीबाट झिकेर राष्ट्रपति बनाउन नहुने बताएका छन् ।
बाराको कलैयामा आज (शनिबार) आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशको संविधान नबुझ्नेलाई खल्तीबाट झिकेर राष्ट्रपति बनाउन नहुने बताएका हुन् ।

देशको संविधानलाई नचिन्नेलाई राष्ट्रपति बनाउनु हुँदैन । खल्तीबाट बनाउनु हुँदैन, संविधानलाई चिनेको र मानेको राष्ट्रपति बनाउनु पर्छ‚’ उनले भने, ‘उच्चस्तरीय राजनीति संयन्त्रलाई संविधानले चिनेको छैन, मानेको छैन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसको विपरीत गएर राष्ट्रपति बनाउन खोजियो भने बल्ल बल्ल जोगिएको संविधान खतरामा पर्ने उनले बताए । कानुनको ‘मेरिट’ मा रहेर संसद्बाट बहुमतले राष्ट्रपति बनाउनु पर्ने उनले बताएका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७