पेन्टागनको दाबी : अमेरिकापछि ल्याटिन अमेरिकामा पनि देखियो ‘चिनियाँ जासुसी बेलुन’


२१ माघ २०७९, शनिबार
baloon Rd87P0nHry

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपी र एसोसिएटेड प्रेसले यो जानकारी दिएको हो ।

राइडरले चीनको दोस्रो जासुसी बेलुन ल्याटिन अमेरिकामा देखिएको दाबी गरेका छन् । तर उनले बेलुनको सही स्थान भनेनन् ।
यसै क्रममा अमेरिकामा भेटिएको पहिलो जासुसी बेलुनमा चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सको प्रतिक्रिया आएको छ ।
चीनले के भन्यो ?
अमेरिकाको पछिल्लो दाबीपछि यस विषयमा चीनको जवाफ आएको छ । चीनको आधिकारिक मिडिया संगठन ग्लोबल टाइम्सले यसबारे केही ट्विट गरेको छ ।

एउटा ट्विटमा ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनबाट एउटा मानवरहित हवाई जहाज अमेरिकी आकाशमा अप्रत्याशित घटनाका कारण प्रवेश गरेको छ । चीनले घटनाको पुष्टि गर्दै अमेरिकालाई जवाफ दिएको छ ।’ यसस अनुसार, ‘चीनको विदेश मन्त्रालयका प्रवक्ताले शनिबार जारी गरेको विज्ञप्तिमा अप्रत्याशित परिस्थितिका कारण घटना भएको बताएको छ ।’

अर्को ट्विटमा ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुन र अन्य देशको सार्वभौमसत्ता र अखण्डतालाई उच्च सम्मान गरेको छ । कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको भूभाग वा हवाई क्षेत्रको उल्लङ्घन गर्ने कुनै उद्देश्य छैन । हामी यस घटनाको आडमा केही अमेरिकी नेता र मिडियाले चीनको बदनाम गरेकाप्रति विरोध गर्छाैं ।’

यसअघि बुधबार पश्चिमी अमेरिकी राज्य मोन्टानामा यस्तै एउटा बेलुन आकाशमा देखिएको थियो । त्यसपछि अमेरिकाले चीनले संवेदनशील ठाउँमा जासुसी गरेको आरोप लगाएको थियो । अधिकारीहरूले भनेका छन्– यो बेलुन पछिल्ला दिनहरूमा संवेदनशील ठाउँहरूमा उडिरहेको थियो र यो एक जासुसी उपकरण हो । यी घटनाक्रमका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।

यद्यपि चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोपको खण्डन गर्दै यो ‘सिभिलियन एयरसिप’ भएको बताएको छ । अमेरिकाको आकाशमा यस्तो बेलुन आएकोमा चीनले दुःख व्यक्त गरेको थियो । यस बेलुनको उद्देश्य मौसमविज्ञानको जानकारी सङ्कलन गर्नु रहेको चीनको भनाइ छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७