सरकार कर्णालीको भयो, मानसिकता वडा बनाउने भयो : यामलाल कँडेल


२१ माघ २०७९, शनिबार
yamlal cymvq6aakb

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले संघीयतापछि कर्णालीमा प्रदेश सरकार बने पनि यहाँका नेतृत्वको मानसिकता वडा बनाउने जस्तो देखिएको टिप्पणी गरेका छन् । उनले वडा बनाउने मानसिकताबाट कर्णालीको समृद्धि सम्भव नभएको बताएका छन् ।

आज (शनिबार) कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसको अवसरमा बोल्दै कँडेलले भने, ‘कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो, त्यो अभियानमा सबै एकजुट हुन् आवाश्यक छ ।’ कँडेलले दलीय व्यवस्थामा दल जति जनमैत्री बन्न सक्यो उत्ति नै जनताको आकर्षण बढ्ने बताए । यद्यपि राजनीतिमा बनाउने कुरा भन्दा बन्ने कुरा हावी भएकाले जनतामा दलप्रति वितृष्णा पैदा भएको कँडेलको भनाई छ ।

‘बनाउने कुरा प्रमुख हो, तर बन्ने कुरा प्रमुख भएपछि बनाउने कुरा गौण हुन्छ,’ कँडेलले भने, ‘त्यसैले जनताको अपेक्षालाई मध्यनजर गर्दै बनाउने कुरामा अघि बढ्नतर्फ लम्कौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७