ज्येष्ठ नागरिकलाई गाउँमै सुरक्षा भत्ता


२१ माघ २०७९, शनिबार
money
फाइल फोटो

बागलुङ । केही समय अगाडिसम्म निसीखोला गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले बैंकमै पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्नुपर्ने बाध्यता थियो । तर अहिले गाउँपालिकाले उनीहरुका लागि वडामै पुगेर भत्ता वितरण गर्न थालेको छ ।

गाउँमै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । निसीखोला गाउँपालिकाले सात वटै वडामा पुगेर भत्ता वितरण गर्न थालेको छ । यसभन्दा अगाडि ज्येष्ठ नागरिक तथा शारीरिक अशक्त नागरिकले प्रभु बैंक निसीखोला शाखाको झिवाखोलामा पुगेर भत्ता बुझ्नुपथ्र्यो । नागरिकको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण सुरु गरेको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।

उनी भन्छन्, ‘पहिले सबैलाई बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका थियौँ, तर पछि उहाँहरुलाई निकै समस्या हुने भएपछि गाउँपालिका र बैंकका कर्मचारी गाउँ–गाउँमा खटाएर वितरण गर्न थालेका छौँ ।’ अहिले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरुगरेपछि आफूहरुलाई सहज भएको स्थानीयवासी ८२ वर्षीया कलीकुमारी विकले बताइन् ।

उनले पहिले बैंकमै पुग्दा धेरै समय खर्चनु परेको भन्दै अहिले वडामै भत्ता पाइने बताइन् । ‘बुढाबुढी भइयो, त्यही पाउने भत्ता लिन पनि अरुको सहारा चाहिन्छ, मलाई बैंकसम्म पुर्‍याइ देउन भन्नपथ्र्यो अहिले वडाबाट दिन थालेपछि आफै विस्तारै–विस्तारै गएर ल्याउँछु’ विकले भनिन्, ‘सरकारले सुविधा दियो, अझ पहिले त बुर्तिबाङ पनि पुग्न पथ्र्यो, त्यति बेला त बाटो खर्चमै सकिन्थ्यो बुझेको भत्ता ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७