माधव नेपालको नजरमा माओवादी : वर्ग अडान नभएको अस्थिर र ढुलमुले


२१ माघ २०७९, शनिबार
madhav nepal
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र) स्पष्ट वर्ग अडान नभएको ढुलमुले कम्युनिष्ट पार्टीको रुपमा व्याख्या गरेको छ । सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृति माओवादीमा रहेको उसको बिश्लेषण छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा राजनीतिक दलहरुको बारेमा गरिएको चित्रणमा माओवादीलाई सत्ताको लागि जतिबेला जे पनि कदम चाल्ने पार्टीको रुपमा व्याख्या गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रतिनिधि सभाको तेस्रो ठुलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।’

पछिल्लो समयमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) विच एकताको प्रयास जारी छ । माओवादीले एकताको लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत छन् ।

एकीकृत समाजवादीले पनि एकताको लागि महासचिव डा.बेदुराम भुसालको संयोजकत्वमा उपमहासचिवत्रय प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर र डा. विजय पौडेल सदस्य रहेको कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७