माधव नेपालको राजनीतिक प्रतिवेदनमाथि १० समूहमा छलफल, भोलि निष्कर्ष

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि १० समूह बनेका छन् ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि केन्द्रीय समिति बैठकले १० वटा समिति बनाएको हो । ती समितिहरुले आजैदेखि छलफल सुरु गरेका छन् । समितिमा छलफल भएपछि प्रतिवेदनमाथि आएका निष्कर्षहरु भोलिको बैठकमा पेस हुनेछ । केन्द्रीय समिति बैठक भोलि (आइतबार) सम्म चल्ने छ ।
बैठकमा भोलि अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि समितिहरुबाट निस्किएको निष्कर्षहरु प्रस्तुत हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुका बारेमा आफ्नो पार्टीको धारणाहरु समेटेका छन् । उनले सत्ता साझेदार दलहरुसँगै प्रतिपक्षी दलहरुका बारेमा पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।