नयाँ बानेश्वरका डीएसपीले ‘हप्ता’ असुलेको व्यवसायीहरुको गुनासो


२१ माघ २०७९, शनिबार
DSP Nisanta Sriwastab
डीएसपी निशान्त श्रीवास्तव

काठमाडौं : नयाँ बानेश्वर क्षेत्रका व्यवसायीहरुले प्रहरीले दुःख दिएको गुनासो गरेका छन् । प्रहरी बृत्त नयाँबानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले त्यस क्षेत्रका रेष्टुरेन्ट र होटलदेखि म्यानपावरहरुबाट समेत घुमु्वा परिचालन गरी मासिक र हप्ता असुली गर्ने गरेको उनीहरुको गुनासो छ ।

खोला किनारका हरेक रेस्टुरेन्टलाई राति अबेरसम्म खोल्न दिएबापत मासिक १० देखि ५० हजार रुपैयाँ घुस दिनुपर्ने उनीहरुको दाबी छ । नयाँ पेजको सम्पर्कमा आएका एक व्यवसायीले भने, ‘व्यवसाय गरेर खानु पनि प्रहरीलाई हप्ता दिनुपर्छ । नत्र घुमुवाहरुले दुःख दिन्छन् ।’

डीएसपी श्रीवास्तवले होटल र रेष्टुरेन्टबाट पैसा उठाउन ठाकुर थरका प्रहरी कार्यालय सहयोगी दिलीप ठाकुर (हजाम) लाई प्रयोग गर्ने गरेका छन् । ठाकुरले बाहिर भने आफूलाई सईको रुपमा चिनाउने गरेका छन् ।

केही समयअघि तीनकुनेको कान्तिपुर दोहोरीमा तोडफोड भएको घटनामा अफिस मर्मतका लागि भन्दै संचालकसँग ५ लाख रुपैयाँ कारोबार भएको बताइन्छ ।

तोडफोड गर्नेहरु सेनामा कार्यरत भएकाले कोर्टमार्शलको लागि सैनिक प्रहरीलाई जिम्मा लगाउछु भनेर कान्तिपुर दोहोरीलाई क्षतिपूर्ति स्वरुप तेब्बर पैसा तिराउने काम समेत उनले गरेका थिए । सेनाको टोलीलाई तेब्बर तिर्न लगाई कान्तिपुर दोहोरीसँग श्रीवास्तवले लाभ लिएको पिडितहरुको गुनासो छ । स्थानीयहरुको आरोप र गुनासको बिषयमा श्रीवास्तवसँग नयाँ पेजले प्रतिक्रिया लिने प्रयास गर्दा उनले सम्पर्कमा आएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७