२०७९ माघ २२ गते आइतबारको तपाईको राशिफल

माघ शुक्ल पूर्णिमा पञ्चाङ्गः आयुष्मान विष्टि/भद्रा पुष्य , श्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत÷माघ स्नान समाप्ती


२२ माघ २०७९, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बीच असमझदारी बढ्न सक्छ । पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुन सक्छ । प्रेम प्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्ने छ, तर यात्राबाट टाढै रहनु राम्रो ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधिमार्फत काम अघि बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कला र गलाको प्रभाव बढ्ने छ । सामाजिक र राजनैतिक क्षेत्रमा विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा प्रसन्नता छाउनेछ । महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आस्था र पराक्रममा वृद्धि हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७