‘पठान’ को ‘ब्लकबस्टर’ दौड जारी, कमाइ भारु ७२५ करोड पुग्यो


२२ माघ २०७९, आईतवार
pathan

काठमाडौँ । बलिउड फिल्म ‘पठान’ ले ब्लकबस्टर दौड जारी राखेको छ । फिल्मको विश्वव्यापी कमाइ भारु ७ सय २५ करोडबाट उकालो लागेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै भारु ३७८.१५ करोड कमाइ गरेको छ ।

फिल्मको अभूतपूर्व सफलताको बीचमा, शाहरुख खानलाई फ्यानले पठानको वास्तविक कलेक्सनको बारेमा सोधेका छन् । जवाफमा शाहरुखले पठानले करोडौंको माया पाएको बताएका छन् । ट्वीटरमा फ्यानले लेखेका छन्, ‘पठानको वास्तविक संग्रह कति छ ? शाहरुखले जवाफमा लेखेका छन्, ‘५ सय करोड माया, ३ सय करोड प्रशंसा, ३ हजार २५० करोड हग्स, २ बिलियन मुस्कान ।’

फिल्म ‘पठान’ विश्वभरि सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्मको सूचीमा प्रवेश गरेको छ । फिल्म ‘दंगल’ ले हिन्दी भाषामा बनेका फिल्महरूमा विश्वभर सबैभन्दा बढी २०२४ करोडको कलेक्सन गरेको थियो । दोस्रो नम्बरमा सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ थियो जसले विश्वभर ९६९.०६ करोडको कुल कलेक्सन गरेको थियो। अब पठान ६९६.९८ करोडको साथ यो सूचीमा प्रवेश गरेको छ । ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ लगायतका फिल्म चीनमा पनि हिट भएका थिए ।

फिल्म ‘पठान’ सबैभन्दा कम समयमा ३०० करोड कमाउने फिल्म बनेको छ । पठानले ओपनिङ सातामै ३१८.५० करोड कमाएर कीर्तिमान बनाएको थियो । यसअघि ‘केजीएफ २’ को हिन्दी संस्करणले पहिलो हप्तामा सबैभन्दा बढी कमाइ गरेको थियो । ‘केजीएफ २’ ले पहिलो हप्तामा २६८.६३ करोड कमाएको थियो भने ‘बाहुबली २’ले २४७ करोड कमाएको थियो । पठानले रिलिजसँगै यी सबै रेकर्ड ब्रेक भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७