चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित दुई जना पक्राउ


२२ माघ २०७९, आईतवार
adfsa1675568228

काठमाडौं । चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान–१० का २२ वर्षीय मोहम्मद राज शेख छन् । लहान–८ स्थित पशुपति माध्यमिक विद्यालयनजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

उनीहरूको साथबाट ४३५ थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुईथान मोबाइल सेट, सातथान सिमकार्ड र एक हजार ५५ रुपैयाँ समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको नायब उपरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७