मुख्यमन्त्री राई बने तीन बालबालिकाको अभिभावक


९ बैशाख २०७५, आईतवार
sher

मोरङ, ९ वैशाख । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई तीन बालबालिकाको अभिभावक बनेका छन् ।
मोरङको पूर्वी दक्षिणको रतुवामाई नगरपालिका–६ कादुपाडाका रेंजीना खातुन, सुदर्शन मुर्मु र विनोद मुर्मको अभिभावकत्व ग्रहण गर्दै मुख्यमन्त्री राईले उनीहरुलाई स्थानीय सामुदायिक सरस्वती माविमा भर्ना गरिदिएका छन् ।sher

मुख्यमन्त्रीलाई अभिभावक पाएका उनीहरु अल्पसंख्याक र सीमान्तकृत समु्दायका हुन् । आभिभावक आर्थिक स्थिति न्यून रहेका ती परिवारका ५ वर्षीय खातुन, ६ वर्षीय सुर्दशन र ६ वर्षीय विनोद नर्सरीमा भर्ना भएका छन् । सरकारले १ वैशाख देखि १४ गतेसम्मका लागि विधार्थी अभियान सञ्चालन गरेको छ ।

सरस्वती माविमा आयोजित विधार्थी भर्ना अभियानमा तीन विधार्थीको अभिभावकत्व ग्रहण गदै मुख्यमन्त्री राईले कक्षा १० सम्मको पठनपाठनको जिम्मा लिएका छन् । रतुवामाई नगरपालिकाले उनीहरुको लागि पाठ्यपुरुतक र पोशाकको व्यवस्था गरेको थियो । नगरपालिकाले सहयोग गरेको पाठ्यपुस्तक र पोशाक मुख्यमन्त्री राईले उनीहरुलाई प्रदान गरेका थिए । विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियानमा मुख्यमन्त्री राई पहिलोपल्ट अभिभावक बनेका हुन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७