अब पासपोर्टमा फसाउनु हुन्छ होला, म तयार छु : रवि लामिछाने

‘म जेल परे पनि रास्वपा अघि बढ्छ’


२२ माघ २०७९, आईतवार
raswapa rabi

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राहदानी केसमा फसाइनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

आज (आइतबार) पत्रकार सम्मेलन गर्दै मिडिया सञ्चालक र पत्रकारहरूप्रति आक्रोशपूर्ण टिप्पणी गर्दै लामिछानेले पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताएका छन् । ‘पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेका छन् । यसलाई हटाइसकेपछि भनेर । अव दुःख पर्‍यो भने पनि म रेडी छु । तयार छु, फसाउनुहोला, आफ्नो मुद्दा आफै लड्छु’, लामिछानेले भने । उनले गृहमन्त्री हुँदा त आफूले केही गर्न नसकेको भन्दै अव बाहिर निस्केपछि पनि के गर्न सक्छु र ? भन्दै प्रश्न गरेका छन् ।

‘बाहिर आएपछि त के गर्नसक्छु र ? गृह मन्त्रालयमा पदलोलुपताका लागि म गएको होइन । १२ वर्ष खटेको मान्छेलाई १२ मिनेटमा काम हुनेगरी गर्‍यो त्यसकारण म गृहमा जान खोजेको हो’, उनले भने, ‘प्रहरी र सिडिओ आफ्ना मान्छे राख्नुपर्छ भनेर मिडिया मालिकहरू दौडने गरेको र मालिकले अह्राएको धेरै पत्रकारले मान्ने गरेको समेत बताए ।

उनले आफू जेल परे पनि र मरे पनि आफ्नो पार्टी अघि बढ्ने दाबी गरे । उनले आफ्नो मुद्दाका दिन रामेश्वर थापा कहाँ कहाँ कुन न्यायाधीशकोमा जानुभयो भन्ने आफूलाई सबै थाहा भएको बताएका छन् । उनले अब प्रधानमन्त्री हुने गरी अभियान चलाउने बताएका छन् । ‘अब प्रधानमन्त्री हुने गरी अभियान चलाउँछौं , म जेल परे पनि रास्वपा अघि बढ्छ’, उनले भने, ‘म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७