७८ लाख रकमसहित न्यूरोडबाट दुई हुण्डी कारोबारी पक्राउ


२२ माघ २०७९, आईतवार
Hundi karobari Arrested

काठमाडौं । प्रहरीले काठमाडौं न्यूरोडबाट ७८ लाख ५० हजार रुपैयाँसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–९ घर भई हाल विजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका–१० घर भई हाल विजुलीबजार १० बस्ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल छन् ।

काठमाडौं न्यूरोड एरियामा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमध्ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले विगत ४ महिनादेखि न्युरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिट गर्दै आएको रहस्य खुलेको छ । उनीहरुले दैनिक एक करोड बढीको रकम कारोबार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले नेपाली नगद ७८ लाख ५० हजार, ४ लाखको चेक एक थान र संकलित रकम व्यवस्थापन गरेको भौचर तथा कारोबार विवरणहरु भएको मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७