सेभिल्लामाथि बार्सिलोनाको शानदार जित, रियलसँग बढायो अंक दूरी


२३ माघ २०७९, सोमबार
barsa

काठमाडौँ । सेभिल्लामाथि शानदार जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रियलसँगको अंक दूरी बढाएको छ ।

जितसँगै शीर्षस्थानको बार्सिलोनाले दोस्रो स्थानको रियलसँगको अंक दूरी ८ मा पु¥याएको छ । गएराति नै भएको खेलमा रियल मार्लोकासँग पराजित भएको थियो । समान २० खेलबाट बार्सिलोनाको ५३ र रियलको ४५ अंक छ ।

२० खेलबाट २१ अंक बनाएको सेभिल्ला रेलिगेसन जोनभन्दा २ अंकले मात्र माथि छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० गोल अन्तरले पाखा लगाएको हो । बार्सिलोनाको जितमा जोडी अल्बा, गाभी र राफिन्हाले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको बार्सिलोनाले तिनै गोल दोस्रो हाफमा ग¥यो । खेलको ५८ औँ मिनेटमा जोडी अल्बाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दै अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । बार्सिलोनाका कप्तान सर्जियो बुस्केट खेलको चौथौं मिनेटमा नै एङ्कल इन्ज्युरीका कारण मैदान छाड्न बाध्य भए । बार्सिलोनाले फेब्रुअरी १६ मा युरोपा लिगको प्लेअफ टाइको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७