बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२३ माघ २०७९, सोमबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजो जस्तै तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७