राजीनामा दिएका रास्वपाका मन्त्रीहरुको पत्रकार सम्मेलन रोकियो


२३ माघ २०७९, सोमबार
pm raswapa I8TrPM7rnP

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन निवर्तमान मन्त्रीहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको छ । आइतबार पदबाट राजीनामा दिएका तीन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो । पार्टीको नियमित काममा व्यस्त भएकोले स्थगित गरिएको पार्टी उपसभापति एवं पुर्व श्रम तथा रोजगार मन्त्री डोरप्रसाद अर्याल (डीपी) ले बताए ।

‘पार्टीमा अहिले संगठन विस्तारको काम भइरहेको छ । त्यसलाई प्राथमिकता दिएकोले आजको पत्रकार सम्मेलन रोकिएको हो’, उनले भने । रास्वपा शनिबारदेखि देशभर संगठन विस्तारको काम लागिरहेको छ । अब पत्रकार सम्मेलन कहिले हुन्छ भन्नेबारे उनले पछि जानकारी दिने बताए । आजको सम्मेलनमा रास्वपाका मन्त्रीहरुले गरेका प्रगति विवरणबारे जानकारी दिने बताइएको थियो ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले हिजो सरकारबाट हट्ने निर्णय लिदै सरकारबाट हटेको छ । सरकारबाट हटेपनि समर्थन भने जारी रहने बताइएको छ । त्यसलगत्तै श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७