चलचित्र ‘बुलाकी’ को पोस्टर सार्वजनिक, बैसाख १ गते प्रदर्शन


२३ माघ २०७९, सोमबार
Bulaki Surakshya Panta

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनित चलचित्र ‘बुलाकी’ को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रका निर्माताले पोस्टर सार्वजनिक गर्दै आगामी बैशाख १ गते चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

यसअघि यो चलचित्र कात्तिक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा दुई ठूला चलिचत्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ डेढ महिना पछाडि सर्दै बैशाख १ मा आउन लागेको हो ।

लक्ष्मण सुनारको निर्देशन बनेको चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । चलचित्रमा सुरक्षा र नरेन बाहेक विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री आदिको अभिनय छ ।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन गरेका हुन् । चलचित्रको कथा निर्देशक सुनारको हो भने पटकथा तथा संवादमा उनलाई राजबहादुर साने र विराज विष्टले सहयोग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७