मीनभवन क्याम्पसमा नेविसंघको दुई समूहबीच ढुङ्गा हानाहान


२३ माघ २०७९, सोमबार
Min bhawan Campus NSu Jhadap1 1024x683 1

काठमाडौँ । मीनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई समूहबीच झडप भएको छ । सोमबार दिउँसो बानेश्वरको मीनभवन क्याम्पसमा नेविसंघको दुई समूहबीच झडप भएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोख्रेलले जानकारी दिए ।

संस्थापन र इतर पक्षका दुई समूहबी झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचाल गरिएको उनले बताए । उनले भने, ‘उनीहरुबीच स्ववियू निर्वाचनका विषयमा झडप भएको हो । एक पक्ष क्यामपसमा कार्यक्रम गर्न पाउनु पर्छ र अर्को पक्ष क्यामपसमा कार्यक्रम दिन्न भन्ने पक्षबीच झडप भएको हो ।’ उनले अहिले घटना सामान्य भइ सकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७