बैंकिङ कसुरमा वडाध्यक्ष कार्की कार्यालयबाटै पक्राउ


२३ माघ २०७९, सोमबार
debi karki wardchairman

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष देवीप्रसाद कार्की बैंकिङ कसुरमा पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीले एक व्यक्तिबाट स्काभेटर किनेर पैसा नभएको ५८ लाखको चेक दिएपछि उनीविरुद्व प्रहरीमा उजुरी परेको थियो ।

अपराध अनुसन्धान महाशाखा प्रदेश १ को टोलीले उनलाई आइतबार साँझ वडा कार्यालयबाटै पक्राउ गरेको हो । कार्की नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७