मानव बेचविखन मुद्दामा मनोज पाण्डेलाई सात वर्ष जेल


२३ माघ २०७९, सोमबार
Manoj Pandey

काठमाडौँ । सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दुरुपयोग गरेको आरोप लागेका मनोज पाण्डे भन्ने मनोजकुमार जैशीलाई सात वर्ष जेल सजाय तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन–ओसारपसारसम्बन्धी मुद्दामा सात वर्षको जेल सजाय सुनाएको हो । अदालतले पीडित पक्षले गरेको मागअनुसार सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग दाबी आंशिक पुग्ने ठहरसहित पाण्डेलाई सात वर्ष लामो जेल सजाय सुनाएको हो ।
पाण्डेविरुद्ध यसअघि जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो । यसअघि न्यायाधीश ढकालको इजलासले माघ ११ गते पाण्डेलाई दोषी ठहर गरेको थियो तर त्यसबेला सजाय निर्धारण गरिएको थिएन ।

तर अदालतले उनको सजाय निर्धारण पनि गरेको हो । यसअघि जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । पाण्डेलाई यसअघि नै मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिसकिएको छ । यसअघि अदालतले बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । उनले २०७९ जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् ।

किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई अभियोगमा मुद्दा दर्ता गरिएको थियो । यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो । अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ । २०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७