२०७९ माघ २४ गते मंगलबारको तपाईको राशिफल
फागुन कृष्ण द्वितीया पञ्चाङ्गः शोभन तैतल मघा, सुरक्षित इन्टरनेट दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्ने छ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । व्यापार व्यवसायमा पनि फाइदा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभ कार्यको चर्चा चल्ने छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रने छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यप्रति सजग रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वित्तीय संस्थाबाट सहयोग पाइन सक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बन्न लागेको काम बिग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज विवाद भाग नलिनुहोला । विद्यामा सोचे जस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल