भुटानले बाली व्यवस्थापन गर्न ड्रोन, जीपीएस प्रयोग गर्दै


२४ माघ २०७९, मंगलवार
bhutan1635643506

थिम्पु । भुटानले बाली र माटोको स्वास्थ्य जाँच गर्न उन्नत ड्रोन र जीपीएस समावेश भएको नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने गम्भीर प्रयासको रूपमा सो प्रविधि प्रयोग गर्न लागिएको हो । व्यवस्थित र उन्नत प्रविधियुक्त कृषिले किसानहरूलाई बाली व्यवस्थापन गर्न, दक्षता बढाउन र फोहोर घटाउने बारे सूचित गर्न सहयोग पु¥याउने बताइएको छ ।

भुटानले देशको कृषि क्षेत्रको उत्पादकत्व र दिगोपन सुधार गर्न नयाँ प्रविधि, औजार र उपकरणको प्रयोग गरिरहेको अधिकारीहरूले बताएका छन् । देशले हाइड्रोपोनिक खेतीलाई अपनाएको छ । यस विधिमा माटोको सट्टा पोषक तत्वयुक्त पानी प्रयोग गरेर नियन्त्रित वातावरणमा बाली उब्जाउन सकिन्छ । यस प्रविधिले स्थानीय कृषकहरूलाई क्रो खेती गर्न समेत मद्दत गर्छ ।

कृषकलाई सूचना र स्रोतमा पहुँच पुर्याउँन सरकारले पहल पनि शुरु गरेको छ । कृषकहरूलाई नयाँ प्रविधिको प्रयोग सम्बन्धी तालिम पनि दिइएको छ । सूचना केन्द्रहरू स्थापना गरिएका छन् जहाँ किसानहरूले बाली व्यवस्थापन र अन्य सान्दर्भिक विषयहरूका लागि उत्तम अभ्यासहरूका प्रायोगिक ज्ञान बारे जान्न सक्छन्। प्रविधिको प्रयोगबाट देशले कृषि क्षेत्रको उत्पादकत्व र दिगोपनलाई थप प्रभावकारी र लचिलो बनाउन सक्ने विज्ञहरूले बताएका छन् ।

यसैबीच भुटान लाइभले हालै उल्लेख गरेअनुसार भुटान जुन २०२३ सम्ममा अतिकम विकसित देशहरूको स्थितिबाट माथि उठ्नेछ । बृहत् आर्थिक स्थिरता, उत्पादन अन्तरिक्ष विविधीकरण लगायतका विभिन्न रणनीति भुटानको सङ्क्रमण रणनीतिमा समावेश गर्न सिफारिस गरिएका केही मापदण्डहरू हुन् । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७