यूएसएआईडी प्रमुख सामन्था आज नेपाल आउँदै


२४ माघ २०७९, मंगलवार
Samantha Power

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार नेपाल भ्रमणमा आउँदै छिन् । पावर दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आउन लागेकी हुन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् ।

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यही उच्च तहको भ्रमण हो । पावरको भ्रमणका विषयमा युएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उहाँ ७ फेब्रुअरीमा फर्किने कार्यक्रम रहेको छ । पावरको यस भ्रमणलाई महत्वका साथ हेरिएको छ । पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

पावर नेपाल बस्दा नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७