साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदै, जित्नै पर्ने दबावमा नेपाल


२४ माघ २०७९, मंगलवार
U 20 women foot ball

काठमाडौँ । बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतको सामना गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो। नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतबिरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।

नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७