शेयर बजार उच्च अंकले बृद्धि, तीन अर्ब ३६ करोडको कारोबार


२४ माघ २०७९, मंगलवार
share

काठमाडौँ । शेयर बजार आज (मंगलबार) उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज वरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नौ वटा म्युचल फन्डको शेयर सामान्य घटेको छ, बाँकी सबै कम्पनीको शेयर बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७