बागमती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे


२४ माघ २०७९, मंगलवार
chalise piNDmz5ZGL

हेटौंडा । वागमती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए ।

अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रुपमा कार्यरत छन् । चालिसेले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । विभिन्न विषयमा अनुसन्धान गरेका चालिसे नेपाल जनसंख्या सङ्घको उपाध्यक्षका रुपमा भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७