उचित मूल्य नपाएको भन्दै किसान आन्दोलित, झापा मुक्तिचोकमै छाडे कुखुरा, फाले अण्डा


२४ माघ २०७९, मंगलवार
Kukhura jhapa 2

झापा । उचित मूल्य नपाएको भन्दै झापाका कुखुरा पालक किसान आन्दोलित बनेका छने । उनीहरुले उत्पादित कुखुरा झापाको मुक्तिचोकमा सडकमा छाडेका छन् । उनीहरूले सडकमा अण्डा फालेर समेत विरोध जनाएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ ।

जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित बनेका हुन् । उनीहरूले मंगलबार दिउँसो बिर्तामोडको मुक्तिचोकमा नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए ।

Kukhura jhapa 1

झापामा दैनिक एक हजार ५ सय कार्टुन अण्डा उत्पादन हुन्छ । तर, खपत जिल्लामा मात्र दैनिक ३ हजार कार्टुनभन्दा बढी रहेको मेचीनगर नगरपालिका २ का किसान चुडामणि (सीएम) मगरले जानकारी दिए । ‘बजारको मागभन्दा आधा पनि उत्पादन छैन । तर पनि हाम्रो उत्पादन बिक्री हुँदैन,’ मगरले भने, ‘त्यसमा पनि बिचौलियाका कारण हामीले उचित मूल्य पाउन सकेका छैनौं ।’

उनका अनुसार बजारमा उपभोक्ताले अण्डा प्रतिगोटा १५ रुपैयाँमा खरिद गर्नुपर्छ । किसानले भने प्रतिगोटा ८ रुपैयाँका दरले मात्र बिक्री गर्ने गरेको उनले बताए । ‘दानाको भाउ बढेर खप्नै नसक्ने अवस्थामा पुगेका छौं,’ दमकका किसान देवेन्द्र प्रसाईंले भने, ‘एक वर्षअघि २७ सयमा पाउने एक बोरा दानाको दाम अहिले ३६ सय पुगेको छ । तर, हाम्रो अण्डाको मूल्य एक वर्षअघि पनि २८ सय रुपैयाँ प्रतिकार्टुन थियो । अहिले पनि त्यही मूल्य छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७