टर्की भूकम्प : मृत्तकको संख्या पाँच हजार नाघ्यो, ३ हजार विदेशी सैनिक उद्धारमा खटिए

भूकम्प प्रभावित क्षेत्रमा तीन महिने संकटकाल घोषणा


२४ माघ २०७९, मंगलवार
4 2

काठमाडौं । सिरियाको सीमा नजिकै टर्कीमा हिजो सोमवार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार जना नाघेको छ । टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक सय जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । २० हजार जना घाइते भएका छन् । दुवै देशमा गरेर हजारौँ साना घर र सात हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्पका कारण दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेका बताएको छ ।

Turky earthquake 1

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिनुभएको छ । मान्छे खोज्ने कुकुर विशेष उपकरणसहित पुगेका उनीहरूले उद्धारको काम गर्नेछन् । अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अस्ट्रेलिया, न्युजिल्यान्ड, ग्रीस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।

Turky earthquake 3

अत्यधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्धार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडित युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरूका कारण सहयोगी पुग्न सकिरहेका छैनन् । टर्की र सिरियाको सिमानामा हिजो ७ दशमलव ८ र ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्न सक्ने बताएको छ । उद्धारकर्मीले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।

Turky earthquake 8

भूकम्प प्रभावित क्षेत्रमा तीन महिने संकटकाल घोषणा
टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोगानले भूकम्पबाट अतिप्रभावित दक्षिण–पूर्वी क्षेत्रमा तीनमहिने संकटकाल घोषणा गरेका छन् । भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला मुलुकको दक्षिण–पूर्वी क्षेत्रमा तीन महिनाका लागि संकटकाल घोषणा भएको बीबीसीले लेखेको छ ।

Turky earthquake 5

एर्दोगानका अनुसार टर्कीमा मात्र ज्यान गुमाउनेको संख्या तीन हजार ५४९ पुगेको छ । उनले मुलुकका १० वटा प्रमुख सहर भूकम्प प्रकोप क्षेत्रमा परेको तथा विश्वका करिब ७० वटा मुलुकबाट आफ्नो सरकारलाई सहयोगको प्रस्ताव प्राप्त भएको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७