संकटमा सुदूरपश्चिम सरकार : नागरिक उन्मुक्तिले विश्वासको मत नदिने


२४ माघ २०७९, मंगलवार
Ranjita Shrestha

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आफ्नो पार्टीले राखेको माग पुरा नभएको भन्दै भोलि हुने विश्वासको मतको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताइन् ।
आज नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार स्थित कारागार पुगेका थिए । उनी भन्दा केही समय अघि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि कारागार पुगेकी थिइन् । सात सांसदलाई रेशम चौधरीले तत्काल सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि माघ (२५ गते) प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वत: पदमुक्त हुने संविधानको व्यवस्था छ । बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

नागरिक उन्मुक्ति पार्टीले विस्वासको मत नदिने अडान सँगै सुदुपश्चिम सरकार संकटमा परेको छ । लामो समयदेखि सहमति गर्न पहल गरेपनि सरकारले पार्टीले राखेको माग पूरा गर्न नसक्दा रावल नेतृत्वको प्रदेश सरकारको भविश्य अन्योल बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७