२०७९ माघ २५ गते बुधबारको तपाईको राशिफल

फागुन कृष्ण तृतिया पञ्चाङ्गः अतिगंड वणिज पूर्व


२५ माघ २०७९, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएको धन हात पर्ला । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्यप्रति सजग र सचेत पनि रहनु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्द, व्यापारमा नयाँ योजना बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक र पद प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७