राष्ट्रियसभाको उपनिर्वाचनका लागि मतदान शुरु, तीन उम्मेदवार प्रतिष्पर्धामा


२५ माघ २०७९, बुधबार
RA Deukhuri 1675833371089 scaled

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि दाङको घोराहीमा मतदान शुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले शुरुमा मतदान गरेका छन् । राष्ट्रिय सभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराइले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख-उपप्रमुखहरुले अहिले मतदान गरिरहेका छन् । मतदानस्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख-उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । उनका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ । जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना छन् । उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७