वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग पार्टी एकता गर्ने विप्लवको निर्णय

‘नेपालको राजनीति गम्भिर र संवेदनशील अवस्थामा छ’


२५ माघ २०७९, बुधबार
Biplaw
फाइल फोटो

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्व’ को नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने भएको छ ।

सो पार्टीको नवौं केन्द्रीय कमिटी बैठकका निर्णय बुधवार सार्वजनिक गर्दै यस्तो नीति लिने जनाएको हो । साथै विप्लव नेतृत्वको पार्टीले नेता कार्यकर्ताको वैचारिकीकरण एवम् जन नेतृत्व निर्माणका लागि कम्युनिस्ट कलेज सञ्चालन गर्ने भएको छ ।
सो पार्टीले ‘जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता’ भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पुग्ने योजना अगाडि सारेको छ । साथै पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा केन्द्रित रहेर सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

चन्दले नेपालको राजनीति गम्भिर र संवेदनशील अवस्थामा रहेको बताएका छन् । उनले पार्टीको पूर्णकालीन बैठकका निर्णयहरु सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । ‘नेपालको राजनीति एउटा गम्भिर र संवेदनशील अवस्थामा छ । सबैतिर ठूलठूला बहसहरु चलिरहका छन्’, महसचिव चन्दले भने।

1 4
2 3
3 2
4 3
5 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७