रियल मड्रिड क्लब विश्वकपको फाइनलमा


२६ माघ २०७९, बिहीबार
real madrid

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मोरक्कोमा बुधबार राति भएको सेमिफाइनल खेलमा इजिप्टको अल आहलीलाई ४–१ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

खेलमा रियललाई विजयी गराउन भिनिसियस जुनियर, फेडेरिको भाल्भर्डे, रोड्रिगो र सर्जियो अरिबासले एक एक गोल गरे । पराजित टोली अल आहलीका लागि ट्युनिसियाका खेलाडी अलि मालौलले एक गोल फर्काए । खेलको ४२ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

४६ औं मिनेटमा भाल्भर्डेले गोल गर्दौ रियललाई दोब्बर अग्रता दिलाए । ६५ औं मिनेटमा मालौलले गोल गर्दै अल अहलीलाई २–१ को स्थितिमा ल्याए । इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा अरिबासले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

जितसँगै रियलले साउदी अरबियाको अल हिलालविरुद्धको फाइनल भिडन्त तय गरेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ब्राजिलको फ्लामेन्गोलाई हराउँदै अल हिलाल फाइनलमा पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७