कीतिमानी विजेता पिएसजी मार्सेलीसँग पराजित


२६ माघ २०७९, बिहीबार
leg J39ByvCqYz

पेरिस । फ्रेन्च लिग कपमा बुधबार राति पेरिस सेन्ट जर्मन (पीएसजी) मार्सेलीसँग २–१ गोलको नतिजामा पराजित भएको छ । मार्सेको मैदानमा भएको खेलको ३१ औं मिनेटमा अलेक्सिस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गरेको गोलसँगै पीएसजी बराबरीमा फर्किएको थियो । तर, दोस्रो हाफमा पुनः गोल खाँदा पीएसजीले हार टार्न सकेन। मार्सेका रुस्लान मालिनोभ्स्कीले ५७औं मिनेटमा गरेको गोलसँगै लिएको २–१ को अग्रता जोगाउँदै मार्सेले क्वार्टरफाइनल यात्रा तय गर्‍यो ।

पीएसजी भने प्रतियोगिताबाट बाहिरिएको छ । गत वर्ष पनि पीएसजी अन्तिम १६ मा निससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७