लिड्ससँग म्यानचेष्टर युनाइटेडको रोमाञ्चक पुनरागमन बराबरी


२६ माघ २०७९, बिहीबार
Manchester City Leeds United 9F90Ar2qE7

काठमाडौं । मार्कुस रासफोर्ड र जाडोन सान्चोले दोस्रो हाफमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लिड्ससँग पुनरागमन गर्दै बराबरी खेलेको छ ।

दुई गोलले पछि परेको अवस्थामा युनाइटेडले रोमाञ्चक पुनरागमन गरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको पहिलो मिनेटमै विलफ्रड जिनोन्टोले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुमा लिड्सले अग्रता दोब्बर बनायो । युनाइटेडका राफायल भरानले आत्मघाती गोल गरेपछि लिड्सले ४८औं मिनेटमा २–० को अग्रता लियो । तर लिड्सले अग्रता कायम राख्न सकेन भने युनाइटेडले पुनरागमन ग¥यो ।

६२औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गर्दै गोल अन्तर घटाए । ७०औं मिनेटमा सान्चोले बराबरी गोल गरे । बराबरीपछि तेस्रो स्थानको युनाइटेडको २२ खेलबाट ४३ अंक छ । लिड्स २१ खेलबाट १९ अंक जोडेर १६औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७