माओवादीको केन्द्रीय समिति बैठक बस्दै, अध्यक्ष प्रचण्डले ‘भर्चुअल’ सम्बोधन गर्ने


२६ माघ २०७९, बिहीबार
Prachanda 16 scaled
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ । आज (बिहीबार) बस्दैछ । आज साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उनले जानकारी दिए । यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने उनले बताए । माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् । यसअघि बसेको स्थायी समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७