सुधारको लागि पर्यटन मन्त्री किरातीको हुटहुटी : अनुगमनका लागि झिसमिसेमै एयरपोर्ट पुगे


२६ माघ २०७९, बिहीबार
Sudan Kirati

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय तेस्रो पटक विहिबार बिहान झिसमिसमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । मन्त्री किराती उज्यालो नहुदै यसअघि आफूले दिएको निर्देशन अनुसार सुधारको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

अनुगमनपछि मन्त्री किरातीले क्रमिक रुपमा सुधार भइरहेको बताए । उनले विमानस्थलका मजदुरहरुलाई धन्यवाद पनि दिए । उनले भने, दिनरात चौविसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन)हरुलाई हार्दिक धन्यवाद ! आम्सिक सुधार हुँदैछ, आशा गरौ पूर्ण सुधार हुनेनै छ । एयरपोर्ट मात्र होइन एकदिन यो देश नै सफा हुनेछ ।’

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले गरेका छन् ।

कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीको भनाइ छ ।

सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनले बताए । उनले भने, ‘यहाँ भएका सुधारहरू मेरा लागि होइनन् । तपाईँहरूको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरूलाई अपनत्व पनि महसुस गराउनेछ ।’

साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन् । १५ सय चक्का लगायत पार्टस् खरिदका लागि बोलपत्र आह्वान पनि गरिएको छ ।

बिग्रिएका ट्रलीका चक्का मर्मत समेत भएको छ । सँगै उनले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७