उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्दै


२६ माघ २०७९, बिहीबार
gathabandhan rajnitik samyantra

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा बस्ने भएको छ । सत्तारूढ गठबन्धनले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा संयन्त्रको बैठक राख्ने र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार भेटवार्ता चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७