परराष्ट्रमन्त्री पौड्याल र साउदी राजूतबीच भेटवार्ता


२६ माघ २०७९, बिहीबार
rajdoot

काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच भेटवार्ता भएको छ ।

भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबिया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिएकी छन् ।
यस अवसरमा मन्त्री पौड्यालले साउदी अरेबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।

मन्त्रीको सचिवालको अनुसार भेटमा राजदूत हैमेदले साउदी अरबीयाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गरे । उनले आफ्नो देशमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरु लैजाने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७